एकै दिनमा नेपालमा थप ५५९ जनामा कोरोना संक्रमण पुष्टि, थप १३ को मृत्यु

काठमाडौं । नेपालमा सोमबार (आज) थप ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या दुई लाख ८० हजार ५२४ पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालससम्म नेपालमा तीन हजार ५३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार थप १३८ जना कोरोनामुक्त भएका छन् भने हालसम्म दुई लाख ७४ हजार १६५ जना कोरोनामुक्त भएका छन् ।

नेपालमा हाल ३ हजार ३ सय ६ जना आइसोलेशन र ८५ जना क्वारन्टाइनमा रहेका छन् । त्यस्तै नेपालमा हालसम्म २३ लाख १७ हजार २८४ वटा पीसीआर परीक्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment