कोरोनाको नयाँ भेरियन्टबाट युवा र बालबालिका बढी प्रभावित

काठमाडौं । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुसन्धानले पछिल्लो एक हप्ताका संक्रमितमध्ये ६० प्रतिशतमा कोरोनाको नयाँ स्वरुप युके भेरियन्ट पाइएको छ। बालबालिका र युवा बढी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । संक्रमित मध्ये भेन्टिलेटर र आइसीयुमा पुग्नेहरु २० देखी ४० बर्ष उमेर समुहका छन् ।






शुक्रराज अस्पातालमा हाल १८ जना आइसियुमा उपचाररत् छन् । भर्ना भएका अधिकांस २० देखि ४० बर्ष उमेर समुहका भएको अस्पतालले जनाएको । त्यसैगरी काठमाडौं उपत्यकामा १० प्रतिशत संक्रमित ११ देखि २० वर्ष उमेरका रहेको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

पोखरामा संक्रमित मध्ये ५० प्रतिशत बालबालिकामा कोरोनाको युके भेरियन्ट देखिएको छ भने काठमान्डौंमा १० वर्षमुनिका ६ प्रतिशत बालबालिकामा युके भेरियन्टको संक्रमण देखिएको तथ्यांक छ ।

एक सातामा कोरोना संक्रमणको अवस्थाः

चैत २४ गते – ४२४३ पीसीआर, २६० संक्रमित
२५ गते – ४१०० पीसीआर, २९८ संक्रमित
२६ गते – ४००६ पीसीआर, ३३२ संक्रमित
२७ गते – ४०७१ पीसीआर, २८८ संक्रमित
२८ गते – ३५३२ पीसीआर, ३३७ संक्रमित
२९ गते – ३१५० पीसीआर, ३०३ संक्रमित
३० गते – ४३७८ पीसीआर, ५५९ संक्रमित

नयाँ कोरोनाको स्वरुपले युवा र बालबालिका बढी संक्रमित भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । कोरोनाको दोस्रो लहरमा काठमाडौं उपत्यकाका ‘हटस्पट’ बनेको छ । काठमाडौं लगायतका ठुला शहरमा उस्तै हाल पनि उस्तै छ ।

नेपालमा संक्रमण बढ्नुका कारण आम सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड प्रयोग नगर्नु र नयाँ ‘भेरियन्ट भित्रिनु प्रमुख भएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष छ ।

सरकारले पनि कोरोना नियन्त्रणको प्रभावकारी कदम चाल्नुपर्ने बिज्ञको सुझाब छ । कोरोना संक्रमणको ग्राफ बढिरहँदा पिसिआरको दायरा बढेको छैन ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment