बस र ट्रक एकापसमा टोक्किदा १ को मृत्यु, २१ जना घाइते


सोही दुर्घटनामा २१ जना घाइते भएका छन्, जसमध्ये ५ को अवस्था गम्भीर रहेको छ । कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भन्डारीका अनुसार बुटवलबाट कृष्णनगर जाँदै गरेको लु १ ख ५६८४ नम्बरको यात्रुबाहक बस र बिपरीत दिसाबाट आउदै गरेको ना ४ ख ३०१२ नम्वरको ट्रक एकापसमा ठोक्किदा दुर्घटना भएको हो ।

उपचारको क्रममा बस चालक बाणगङ्गा नगरपालिका–१ का २९ वर्षीय कृष्ण बहादुर कुवरको मृत्यु भएको प्रहरीले जनाएको छ । अझैं पनि उक्त दुर्घटनामा घाइते भएकामध्ये पाँच जनाएको अवस्था गम्भीर रहेको छ ।

केही घाइतेहरु मध्ये सामान्य चोट लागेकाहरुको स्थानीय बुद्धपोली क्लिनिक तथा अन्यलाई चौराह अस्पतालमा उपचार भइरहेको छ । केहीको थप उचारका लागि बुटवलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment