हरिद्वारमा ‘गंगा स्नान’ गरेर फर्केका पूर्व–राजारानीमा कोरोना पोजेटिभ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँहरु दुवैको पिसीआर नतिजा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

पूर्वराजा शाह केही दिनअघि मात्रै भारतको हरिद्वारमा लाग्ने कुम्भ मेलामा पुगेर ‘गंगा स्नान’ गर्नुभएको थियो । त्यहाँबाट आइतबार स्वदेश फर्किने क्रममा उहाँको स्वागतमा ठूलै भीड लागेको थियो ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्वदेश फर्के लगत्तै कोरोना भाइरस परीक्षणका लागि उहाँहरु दुवै जनाको स्वाब दिइएकाे थियाे । मंगलबार दुवै जनाकाे नतिजा पोजेटिभ आएको बताइएको छ । कोरोना पुष्टि भएसँगै उहाँको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ समेत सुरु गरिएको मन्त्रालय स्रोतको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment