कोशी अस्पतालमा कोरोनाबाट एक महिलाको मृत्यु


विराटनगर । विराटनगर स्थित कोशी कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

बुधबार दिउँसो कोभिड अस्पतालमा भर्ना भएकी विराटनगर- ४ बरगाछीकी ४६ वर्षीया महिलाको उपचारकै क्रममा विहिबार बिहान मृत्यु भएको अस्पतालका निमित्त संयोजक एपोलो भगतले जानकारी दिनुभयो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नोबेल अस्पतालमा उपचार गर्न गएकी महिलाको बुधबार पिसिआर रिर्पोट पोजेटिभ आएपछि कोशी अस्पतालमा भर्ना गरिएको थियो । गम्भिर अवस्थामा अस्पताल भर्ना गरिएकी महिलाको उपचारको क्रममा मृत्यु भएको चिकित्सकहरुले बताएका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार मृतक महिलामा सार्स फेर्न समस्या रुघाखोकी, साथै ज्वरोको लक्षण देखिएकाे थियाे ।

मृतक महिलाका श्रीमानको पनि रिपोर्ट पोजेटिभ आएको र कोशी कोभिड १९ उपचर केन्द्रमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

अहिले मृतक महिलाको शव व्यवस्थापन भइरहेको निमित्त संयोजक भगतले जानकारी दिनु भयो । उहाँका अनुसार कोशी कोभिड १९ उपचार केन्द्रमा हाल ६ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment