नेप्से परिसूचकले बनायो ऐतिहासिक रेकर्ड

काठमाडौं । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ ।आज नेप्से परिसूचक २० दशमलव ६७ अंकले बढेर २ हजार ७ सय ३५ दशमलव ४६ अंकमा पुगेको छ। यो हालसम्मकै उच्च हो ।

आज नेप्से परिसूचकले ऐतिहासिक नयाँ रेकर्ड राखेको छ । नेप्से परिसूचकसँगै सेयर बजार पुँजीकरण समेतले नयाँ रेकर्ड राखेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आजसम्मको पुँजीकरण ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको हो ।

आज ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव १७ अंकले बढेर ४ सय ९२ दशमलव ४४ अंकमा पुगेको छ । कारोबार रकम पनि ८ अर्ब ६३ करोड रुपैयाँभन्दा धेरै भएको छ ।

२१८ कम्पनीका १ करोड ९० लाख २० हजार ५ सय २८ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६ सय ५९ रुपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment