स्वास्थ्य मन्त्रालयले कोरोना नियन्त्रण गर्न विभिन्न क्षेत्रमा कडाई गर्न आग्रह गर्यो (अपिलसहित)

 काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय नेपालमा फरकपन सहितको कोरोना कोरोना भाइरस फैलिरहेकाले सबै नागरिक तथा सरोकारवालाहरुलाई सजक रहन आग्रह गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना जारी गर्दै सचिवस्तरिय बैठकबाट आग्रह गर्ने निर्णय भएकाे जनाएको छ ।

दोस्रो चरणमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि मन्त्रालयले आवश्यक तयारी र समन्वयका प्रयासहरु गरिरहेको जनाउदै यसले निकै ठूलो चुनौति ल्याउन सक्ने भएकाले सबै नागरिक तथा सरोकारवाला निकायहरु सचेत हुँदै सवंवेदनसिल रुपमा जिम्मेवार हुनुपर्ने जनाएको छ।

कोरोना प्रभावित जिल्लाहरु काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ बढी भीड हुने क्षेत्र भएकाले कडाइका साथ नियमको पालना गराउने निर्णय भएको जनाएको छ ।

त्यस्तै विद्यालय रात्रि व्यावसायहरु, राति सात बजेदेखि सबै रेस्टुरेन्ट तथा क्लवहरु, खेलकुद, जीम, सार्वजनीक पूजापाठ तथा जात्राहरु सभा सम्मेलन बैठ क तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर पार्टी प्यालेस, हेल्थ क्लव स्वीमिङ पूल आदीमा सहभागी न भइदिन स्वास्थ्यमन्त्रालयले आग्रह गरेको छ ।

त्यस्तैगरी सबै अस्पतालहरुले फिवर क्लिनीक संचालन गर्नु पर्ने तथा कोभिड-१९ परीक्षणका लागि नमुना संकलन तथा परीक्षण व्यवस्था गनुर्एपर्ने जनाएको छ । त्यस्तै होटलमा आउने बस्ने बिदेशी नागरिकको सम्बन्धमा गेष्ट रजिस्टेशन सिष्टम चुस्त दुरुस्त बनाउनु पर्ने पीसीआर रिपोर्ट नेगेटिभ आएको अवस्थामा मात्रै होटलमा राख्न आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment