काठमाडौं । नेकपा एमालेको ओली समूहतर्फको नयाँ स्थायी कमिटी (समिति) गठन भएको छ । शुक्रबार बालुवाटारमा गठन गरिएको कमिटीमा अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीमा उपाध्यक्ष वामदेव गौतमलाई पनि समेट्नु भएको छ ।
उपाध्यक्ष गौतमलाई कमिटीमा समेटिए पनि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहबाट कसैलाई पनि समेटिएको छैन । पूर्वमाओवादीबाट एमालेमा प्रवेश गरेर मन्त्री बनेकाहरु समितिमा समेटिएका छन् । जसअन्तर्गत गृहमन्त्री रामबहादुर थापा ‘बादल’, खराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, रघुवीर महासेठ रहेका छन् ।
नयाँ स्थायी कमिटीमा अध्यक्ष ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, सत्यनारायण मण्डल, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, केशब बडाल र पुष्पराज कँडेल रहेका छन् ।
0 comments:
Post a Comment