फागुनभित्रै स्थानीय चुनाव हुन्छ, तयारीमा जुट्नुस् : प्रधानमन्त्री ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो फागुनभित्र स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।

शुक्रबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय निर्वाचनका विषयमा बोल्दै तयारीमा लाग्न निर्देशन समेत दिनुभएको हो ।

File photo

बैठकमा ओलीले फागुनभित्र स्थानीय तहको निर्वाचन हुने भन्दै तयारीमा जुट्न निर्देशन दिएको एक नेताले जानकारी दिनुभयो । उहाँका अनुसार जुनसुकै अवस्थामा पनि निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने बताउदै, चुनावका लागि तयार भएर बस्न प्रधानमन्त्रीले पार्टीपंक्तिलाई आग्रह गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता