ओलीको गृहजिल्ला झापामा नेपाल समुहको समानान्तर कमिटी गठन

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा माधवकुमार नेपाल पक्षीय एमालेको समानान्तर जिल्ला कमिटी गठन भएको छ । बेदराज रेग्मीको अध्यक्षमा ३५१ सदस्यीय समानान्तर कमिटिको घोषणा शुक्रबार एमाले बरिष्ठ नेता माधव कुमार नेपाल स्वंयम् झापा पुगेर गर्नु भएको थियो ।

रेग्मीको नेतृत्वमा गठन भएको नेपाल पक्षीय एमाले झापाको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिव निलमणि बराल र उपसचिवमा मणि भण्डारी चयन हुनु भएको छ ।

यस अघि १०५ सदस्यीय रहेको एमाले जिल्ला कमिटिलाई बिस्तार गरी ३५१ सदस्यीय कमिटि बनाइएको एमालेका केन्द्रिय सदस्य तथा झापा इन्चार्ज रबिन कोइरालाले बताउनु भयो ।

त्यस्तै सोही कार्यक्रममा युवा संघ नेपालको जिल्ला कमिटि समेत घोषणा गरिएको थियो । राजु धिमालको अध्यक्षतामा १५१ सदस्यीय युवा संघ नेपालको नयाँ कार्य समिति गठन गरिएको युवा संघका केन्द्रीय सचिव प्रत्युस रानाले जानकारी दिनु भयो ।

झापमा चिन्तन पाठकको अध्यक्षतामा यस अघि नै ६०१ सदस्यीय ओली पक्षीय एमाले जिल्ला कमिटि गठन भइसकेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment