विराटनगरमा कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव



विराटनगर । कोरोना संक्रमितको संख्या दैनिक ५ सय देखि ६ सय सम्म बढ्न थालेपछि प्रदेश १ को राजधानी विराटनगरमा संचालित निजी अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ ।

दैनिक संक्रमितहरु थपिँदै जादा सरकार संग १ सय वेडको सम्झौता गरेका अस्पतालमा बेडको अभाव भएका कारण बेड संख्या पनि थप्नु पर्ने निजी अस्पतालहरुले बताएका छन् ।

आफ्नै अस्पतालमा अक्सिजन प्लाण्ट भए पनि अपुग भएर बाहिरबाट अक्सिजन मगाउनु परेको नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनु भयो ।

यता विराटनगरमा संचालित कोशी कोभिड-१९ उपचार केन्द्रमा गम्भीर लक्षण सहितका संक्रमितको मात्र भर्ना लिने भएकाले सवै संक्रमितलाई अक्सिजनमा राखेर उपचार गरिरहेको अस्पतालका व्यवस्थापक वैजनाथ साहले जानकारी दिनु भयो ।

उहाँले कोभिड अस्पतालमा सिरियस संक्रमित मात्र आउने गरेको बताउनु भयो । व्यवस्थापक वैजनाथ साह कोशी कोभिड-१९ उपचार केन्द्र विराटनगर ।

सिरियस संक्रमितहरु अस्पताल आउने गरेकाले प्राय सवै संक्रमितलाई अक्सिजन सहित उपचरा गर्नु पर्ने बाध्यता भएको बेला अक्सिजन अभावमा कतिपय संक्रमितहरुले उपचार नपाएर मृत्यु समेत भएको छ ।

प्रदेश १ मा ३२ हजार सक्रिय संक्रमितहरु रहेका छन् । प्रदेश १ दैनि ३ देखि ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment