विरानटगर र धरानका छुट्टाछुट्टै अस्पतालमा पाँच कोरोना संक्रमितको मृत्यु

विराटनगर 19 वैशाख। विरानटगर र धरानका छुट्टाछुट्टै अस्पतालमा उपचाररत भारतीय नागरिकसहित पाचँ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बूढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा भारत जोगवनीका ३० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

व्यापारको सिलसिलामा जोगवनीबाट नेपाल आएका उनी आफन्तको घरमा बस्दै आएका थिए । कोरोना पुष्टि भएपछि उनलाई वैशाख १० गते उपचारको लागि भर्ना गरिएको थियो । निमोनिया भएका उनलाई अक्सिजमा राखेर उपचार गर्दा पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

कोभिड–१९ उपचार केन्द्र्रका अनुसार विराटनगर महानगरपालिका–६ की ६८ वर्षीया महिलाको आइतवार विहान मृत्यु भएको छ ।

त्यस्तै, सुनवर्षी नगरपालिका मोरङकी ६० वर्षीया महिलाको शनिबार साँझ र सुनसरी इनरुवा ठेगाना भएकी ६५ वर्षीया महिलाको पनि शनिवार साँझ नै मृत्यु भएको कोभिड उपचर केन्द्रदे जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । स्वासप्रस्वासमा समस्या तथा मधुमेहका कारण उनीहरुको फोक्सोमा पानी जमेको र उच्च रक्तचापबाट पीडित रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

त्यस्तै, ताप्लेजुङ घर भएका ५९ वर्षीय पुरुषको पनि शनिबार राति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ । वैशाख १३ गते कोरोना पुष्टि भएपछि उनलाई वैशाख १४ गते कोरोना अस्पताल धरानमा भर्ना गरिएको थियो ।

उच्च रक्तचाप भएका उनको अक्सिजनको मात्रा कम भएको कारण उपचारको क्रममा मृत्यु भएको सो अस्पतालले जनाएको छ ।

न्युज24नेपालबाट 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment