कोरोना संक्रमणमुक्त भए पूर्व राजा शाह

  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनुभएको छ । कोरोना संक्रमित भएर नर्भिक अस्पताल भर्ना हुनुभएका पूर्वराजा शाह बुधबार (आज) कोरोनामुक्त हुनुभएको हो ।

अस्पतालका अनुसार कोरोनाका लक्षणहरु हराएपछि विगत तीन दिनअघि गरिएको परीक्षणमा कोरोना नेगेटिभ आएको थियो ।

कोभिड संक्रमण पुष्टि भएपछि १९ दिन अगाडि छोरी प्रेरणासँगै पूर्व राजा दम्पति नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । अस्पतालका असार पूर्वरानी कोमल शाह भने अझै अस्पतालमै हुनुहुन्छ ।

पूर्वरानी शाहको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । उहाँलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment