ओली-माधव वार्ता : तत्काललाई टर्‍यो सांसदहरुको राजीनामा

 काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ । काठमाडौंको बूढानीलकण्ठ चपलीस्थित एक निजी घरमा ओली–माधवबीच करिब चार घण्टा छलफल भएको थियो ।

उक्त छलफलमा बरिष्ठ नेता नेपालले ६ वैशाखमा अघि सारेको ६ बुँदे प्रस्तावमाथि छलफल भएको बताइएको छ । त्यस्तै, अध्यक्ष ओलीसँग फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भएको जानकारी गराइएको छ ।

योसँगै आज सांसदहरुको राजीनामा दिने कुरा दुई चार दिनलाई टरेको बताइएको छ । माधव समूहले सर्वोच्च अदालतको फागुन २३ गतेको फैलासले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेको पार्टी कमिटी पनि एकताअघिको अवस्थामा पुग्नुपर्ने माग गरेको छ । नयाँ सरकार बनाउने रस्साकस्सी चलिरहेको बेला ओली–माधव बीच वार्ता भएको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment