इलामा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१६ पुग्यो


इलाम, ३० बैशाखः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप ७ जनामा कोरोण संक्रमण पुष्टी भएको छ । 

संक्रमित हुनेमा इलाम नगरपालिकामा  १ जना पुरुष, रोङ गाउँपालिकाका ३ जना महिला, सूर्योदय नगरपालिकाका २ जना पुरुष र माइजोगमाई गाउँपालिकामा एक जना पुरुष रहेका छन् । 

इलाममा हाल सम्म २१६ जनामा कोरोना सक्रमण भएको छ भने ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका दुई जना, इलाम नगरपालिकाका ३ जना, देउमाइ नगरपालिकाका १ जना र माइजोगमाइका १ जना रहेका छन् ।

यस्तै इलाममा कोराना संक्रमण मुक्तहुनेको संख्या १३ पुगेको छ ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment