इलाममा एकै दिन ७० जनामा कोरोना संक्रमण, थप एकको मृत्यु


इलाम, ७ जेठः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप ७० जनामा कोरोण संक्रमण पुष्टी भएको छ । 

संक्रमित हुनेमा इलाम नगरपालिकाका ४ जना पुरुष ६ जना महिला,  रोङ गाउँपालिका १ पुरुष,  माङसेवुङ गाउँपालिका २२ महिला १६ पुरुष, देउमाई नगरपालिकामा १ महिला ३ पुरुष, माइजोगमाई गाउँपालिकामा ६ महिला ८ पुरुष  र सन्दकपुर गाउँपालिका २ महिला १ पुरुष रहेका छन् । 

आज सन्दकपुर गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टी भए सँगै इलामका दशै वटा स्थानीय तहमा कोरोना पुगेको छ । 

इलाममा थप एकको मृत्यु 

इलामा आज थप एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ मृत्यु हुनेमा माई नगरपालिकाकी २२ वर्षिय महिला रहेकी छिन् । 

इलाममा हाल सम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ  । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका ३ जना, इलाम नगरपालिकाका ७ जना, देउमाइ नगरपालिकाका १ जना, सूर्योदय नगरपालिका २ जना, माई नगरपालिका १ जना र माइजोगमाइका १ जना रहेका छन् ।

इलाममा  ६२८ जना संक्रमित भएका छन् । यस्तै इलाममा कोराना संक्रमण मुक्तहुनेको संख्या ७३ पुगेको छ ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment