
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि आज दिल्ली जानुहुने भएको छ ।
केही दिनअघिबाट अस्वस्थ बन्नु भएका नेता खनाल भारतको दिल्लीस्थित एपोलो अस्पतालमा जानुहुने बताइएको छ । उहाँले यसअघि पनि सोही अस्पतालमा उपचार गराउदै आउनु भएको थियो । उहाँ बुधबार मध्यान्न दिल्ली उड्ने तयारी भएको उहाँको सचिवालयले जनाएको छ ।
एकसाता अघिबाट नै ज्वरो, थकान र स्वास फेर्न समस्या भएपछि उहाँ थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँलाई त्यहाँ वार्डमा राखेर अक्सिजनको सहयोगमा उपचार गराइदै आएको थियो ।
उहाँलाई चिकित्सकहरुले कोरोना पछिको समस्या हुनसक्ने बताएका थिए । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको चिकित्सकहरुले बताएका थिए ।
0 comments:
Post a Comment