बाढीपहिरोले सिन्धुपालचोकमा ७ जनाको मृत्यु


सिन्धुपालचाेक ।  अविरल वर्षापछि आएको बाढीका कारण सिन्धुपालचोकमा अहिलेसम्म ७ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले हेलम्बुमा ७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिनुभयाे ।

मृत्यु हुनेहरूको पहिचान खुलिसकेको छैन । बाढीले अन्य बजारसमेत डुबाएकाले अरु व्यक्तिको पनि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको भए पनि पुष्टि भने भएको छैन । स्थानीय सरकार उद्धारमा जुटेका छन् ।

उद्धारका लागि हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभएकाे छ ।

मेलम्चीमा आएको बाढीका कारण धेरै मानिस सम्पर्कविहीन बनेका छन् । बाढीले मेलम्ची बजार, हेलम्बुको तिम्बु बजार र चनौटे भन्ने बजार पुरै डुबानमा पारेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment