इलाममा थप २२ जनामा कोरोना संक्रमण, थप एक जनाको मृत्यु


इलाम, २ असारः देशैभरी दोस्रो लहरको कोरोना संक्रमण वढी रहेको वेला इलाममा पनि थप २२ जनामा कोरोना संक्रमण भएको छ । इलामा आज २२ जना थपिए संगै संक्रमितको संख्या १५ सय ५४ पुगेको छ । 

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकाका २ महिला ४ पुरुष, सूर्योदय नगरपालिकामा ३ महिला १ रोङ गाउँपालिकामा ५ महिला ३ पुरुष र माई नगरपालिका १ महिला ३ पुरुष रहेका छन् ।

इलाममा थप १ जनाको मृत्यु

इलाममा थप एक जनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिकाका एक जना रहेका छन् ।  हाल सम्म ३६ जनाको मृत्यु भई सकेको छ । इलाममा हाल सम्म ९९३ जना संक्रमितले स्वास्थय लाभ गरिसकेका छन् । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment