उपचारको अभावमा छटपटाउँदै इलाम कन्यामका दलबहादुर, परिवारद्वारा सहयोगको अपिल

  • गोपाल गिरी


कन्याम, जेठ २१, ः उपचारको अभावमा इलाम जिल्ला सूर्योदय ७कन्याम निवासी दल वहादुर कटुवाल  क्यान्सर जस्तो प्राण घात रोगले ग्रसित भएर जिउन विवस भएका छन् ।

गाउँमै खेती किसानी गरेर जिविकोपार्जन गर्दै आएका कटुवाल गत चैत देखि मुखमा देखा परेको क्यान्सर रोगका कारण यतिबेला थला परेका छन्।

आर्थिक अवस्था कमजोर भएका कटुवाललाई प्रारम्भिक अवस्थामा साथी भाइ टोल छरछिमेकको सहयोग तथा कटुवाल कल्याण कोषका अध्यक्ष रामबहादुर कटुवालले पहलमा आर्थिक संकलन गरि चितवन स्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारका लागि लगियो ।

कोभिड महामारीको कारण जारी निषेधाज्ञा तथा आर्थिक अभावका कारण थप उपचारमा समस्या उत्पन्न भए पछि हाल कटुवाल क्यान्सर जस्तो घातक रोग पालेर घरमै रहेका छन् ।

परिस्थिति सामान्य भए पछि उपचारका लागि पुन लानु पर्ने र हाल बिरामीको अवस्थामा सामान्य सुधार मात्रै देखिएको बताइएको छ ।

क्यान्सर पिडित कटुवालको उपचारमा हाल सम्म दुई लाख पचास हजार भन्दा बढी उपचार खर्च लागेको कटुवाल कि श्रीमती राधिका कटुवालले बताईन् ।

उक्त रकम पनि कटुवाल कल्याण कोष, विभिन्न दाताहरु तथा आफन्तहरुको सहयोगमा जुटेको उनले जानकारी दिईन् ।

कटुवालको थप उपचारको आर्थिक अभाव रहेको भन्दैै अहिले कटुवाल परिवार ,विभिन्न टोल विकास संस्था र सामाजिक संघ सस्था आर्थिक संकलन अभियानमा जुटिरहेको  बताउदै स्थानीय भाग्योदय आधार भूत  विद्यालयमा शिक्षक तथा सर्जक अर्जुन वेदना राईले सबै मिलेर दलबहादुर कटुवालको जीवन बचाउन आग्रह गरेका छन।

क्यान्सर पिडित कटुवालको उपचार मा सहयोग गर्न चाहने सहयोगी मनहरुले कटुवालको भतिज मानबहादुर कटुवाल लाई 9852673940मा सम्पर्क गरि सहयोग गर्न सक्नेछन् त्यसै गरि कटुवाल कल्याण कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक को खाता नम्बर  2620100002366001समेत रकम जम्मा गरि सहयोग गर्न सकिने बिरामीका भतिज अमृत कटुवालले जानकारी दिए .

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment