इलाममा जेठ ३१ गते सम्म निषेधाज्ञा थपियो

इलाम, २१ जेठः इलाममा  गत बैशाख २८ गते देखि जारी निषेधाज्ञा फेरि एक साताका लागि थप गरिएको छ ।

शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले जेठ २१ गतेसम्मका लागि लगाइएको निषेधाज्ञा पुनः जेठ मसान्तसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ ।

जारी निषेधाज्ञा एक महिना पुगिसक्दा पनि जिल्लामा कोरोना संक्रमण नघटेपछी बैठकले निषेधाज्ञा थप गर्नुको बिकल्प नभएको निष्कर्ष निकाल्दै सो निर्णय गरेको हो ।






प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment