अध्यक्ष ओली र माधव नेपालबीच छलफल जारी : पालैपालो पुगे एमाले नेता मेरियट होटेलमा


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीमा उत्पन्न समस्या समाधानका लागि भेटवार्तावश्चात् छलफल भइरहेको छ । अध्यक्ष ओली र नेता नेपाल पुगेको केही समयमै पुगेका उपमहासचिव विष्णु पौडेल पुगेका थिए । उनी पुगेसँगै उनलाई साथमा राखेर दुई नेताले छलफल सुरु गरेका थिए ।

उपमहासचिव एवं मन्त्री पौडेलपछि सुरेन्द्र पाण्डे पुगेका छन् । पाण्डेसँगै अन्य नेताह नक्सालस्थित मेरियट होटेलमा पुग्ने क्रम जारी रहेको छ ।

एमाले पार्टी एकता गर्न पुनः गठित कार्यदलको छलफलसँगै आज भएको दुई शिर्ष नेताबीचको भेटलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment