मुलुकभर संक्रमितको संख्या फेरि बढ्न थाल्यो, पछिल्लो २४ घण्टामा २९७९ जनामा कोरोना पुष्टि

 

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८९८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ८३५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ७७ जना र ४ हजार ६३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ९० हजार ९७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३३३ जना कोरोनामुक्त भए, २८ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ३३३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख १४ हजार ३२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ८९८ जनाको पीसीआर-एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३६ लाख ८ हजार ८०० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २९१ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment