इलामको साङरुम्बामा धन बहादुरको हत्या, हत्याको आरोपमा एक जना पक्राउ


इलाम, २३ असारः इलामको साङरुम्बामा  एक जनाको हत्या भएको छ । इलाम नगरपालिका १२ साङरुम्बा पिप्ले भञ्ज्याङ डाँडागाँउ बस्ने बल बहादुर सावाको घरमा सोही स्थान बस्ने अन्दाजी बर्ष ४५ को यम बहादुर साँवाले सोही स्थान बस्ने  अन्दाजी बर्ष ५८ को धन बहादुर राईलाई धारिलो हतियार खुकुरीले पेटमा प्रहार गरि हत्या गरेका हुन  ।

 स्थानीयले हत्या भएको खबर गर्ने साथ  जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक किशोर तामाङको कमाण्डमा र प्रहरी चौकी गोलाखर्क बाट प्रहरी सहयाक निरीक्षकको टोली गएर । खुकुरी प्रहार गर्ने यम बहादुर सावालाई निजले प्रयोग गरेको खुकुरी सहित नियन्त्रणमा लिई अनुसन्धान भई रहेको  जिल्ला प्रहरी कर्यालयल इलामका सूचना  अधिकारी प्रहरी निरीक्षक किशोर तामाङले जानकारी गराए ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment