
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २१८ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ५ हजार ५३५ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार २३७ जना र ३ हजार ६८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ९९ हजार ८८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना कोरोनामुक्त भए, २० को मृत्यु
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ५३३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख १९ हजार ८९४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार २१८ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३६ लाख ५० हजार २५२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप २० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ३८२ पुगेको छ ।
0 comments:
Post a Comment