इलाममा थप ४२ जनामा संक्रमण, संक्रमितको संख्या २२२६ पुग्यो


इलाम, २७ असारः इलामा आज थप ४२ जनामा कोरोना संक्रमित थपिएका छन् । कोरोनाको दोस्रो लहर आए सँगै इलामा पनि कोरोना संक्रमितको ग्रफ वढ्दो गएको छ । आज थपिएका ४२ जानासँग इलामा संक्रमितको संख्या २ हजार २ सय २६ जना पुगेको छ । इलामा लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । 

इलाममा आज संक्रमित हुनेहरुमा इलाम नगरपालिकाका १ महिला ३ पुरुष, सूर्योदय नगरपालिकका ११ महिला ११ पुरुष, माई नगरपालिकामा १ महिला २ पुरुष, देउमाई नगरपालिकाका १ पुरुष,  र फाकफोकथुम गाउँपालिकाका ६ महिला ६ पुरुष रहेका छन् ।

इलाममा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ । हाल सम्म १ हजार ७ सय ५८ जनाले इलामा कोरोना संक्रमण मुक्त भएका छन् । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment