झापामा कारले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा १ युवतीको मृत्यु, अर्की १ युवती घाइते


झापा । झापाकाे बाह्रदशी गाउँपालिका- ७ मा भएकाे सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ भने अर्की एक युवती घाईते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार बाह्रदशी- ७ सिमलचाेकस्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेकाे प्र-१-०१-०१ प १९४२ नम्वरकाे स्कुटरलाई साेही दिशाबाट आउँदै गरेकाे प्र-०१-००१-च ७२७७ नम्वरकाे कारले पछाडिबाट ठक्कर दिदाँ राति साढे १० बजेतिर दुर्घटना भएकाे थियाे ।

दुर्घटनामा परी स्कुटर चालक साेही ठाउँकी २८ वर्षीया प्रमिता कार्की र धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिका– ६ की ३२ वर्षीया सरस्वती मगर घाईते भएका थिए ।

दुवैजनालाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पतालमा ल्याइएकाे थियाे । तर घाइतेमध्ये सरस्वतीलाई डक्टरले मृत घाेषणा गरेकाे प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए ।

मृतक मगर झापाकाे कनकाई नगरपालिका – ६ मा डेरा गरि बस्दै आएकीथिईन् । उनकाे टाउँकाेमा चाेट लागेकाे थियाे । कार्कीकाे टाउँकाे, निधार र शरीरका विभिन्न भागमा चाेट लागेकाे छ ।

दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय घैलाडुबा र कार चालक ईलाम जिल्ला माई जाेगमाई गाउँपालिका – २ का २४ वर्षीय जंगबहादुर वस्नेतलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिईएकाे छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता