कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी, महाधिवेशनकाे विकल्पमा छलफल

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहेको छ । पार्टीको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना कम हुँदै गएपछि बैठकमा अन्य विकल्पका विषयमा छलफल भइरहेको छ ।

आगामी भदौ १६—१९ सम्म तोकिएको महाधिवेशन नहुने सम्भावना बढ्दै गएपछि अहिले कांग्रेस नेताहरु छलफलमा जुटेका हुन् । केन्द्रीय कार्यसमिति बैठकमा पेश भएको विभिन्न प्रतिवेदनमाथि नेताहरुले धारणा राख्ने क्रम जारी रहेको छ ।

अहिलेसम्म दुई दर्जन बढी नेताहरुले आफ्नो धारणा राखिसकेका छन् । बैठकमा महाधिवेशन कार्यतालिकासम्बन्धि कुनै प्रस्ताव पेश भएको छैन् । तर पार्टीको वैधानिकतालाई मध्यनजर गर्दै कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

यस्तै हिजोको बैठकमा नेता डा. शेखर कोइरालाले आफ्नो नौ बुँदे सुझाव राख्नुभएको छ । उहाँले सरकार गठन भएको एक महिना वित्दा पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेकोमा देउवाको आलोचना गर्नुभयो ।

संस्थापन पक्षले भने मन्त्रिपरिषद् विस्तार हुन नसक्नुको दोष अन्य दलहरुका कारण सरकारले पूर्णता पाउन नसकेको बताएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment