माओवादीको केन्द्रीय समिति बैठक आजदेखि सुरू, प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने

 

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने बताइएको छ ।

पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे समेत बैठकमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टीको कार्यदिशा स्पष्ट गर्ने, प्रतिगमन विरोधी संघर्ष र कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवादविरुद्धको संघर्षलाई अझ दृढतापूर्वक अघि बढाउने विषय समेटेर प्रचण्डले प्रतिवेदन तयार पारेकाे प्रवक्ता  श्रेष्ठकाे भनाइ छ । उनका अनुसार संविधानको रक्षा र कार्यान्वयनका लागि बाम–लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने लगाएतका विषय समेटेर अध्यक्ष प्रचण्डले प्रतिवेदन तयार पारेका छन् । उक्त प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ ।

यसअघि शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो पार्टीको तर्फबाट सक्दो प्रयास गर्ने बताएका थिए । उनले सरकारलाई सफल बनाउने गरी परिचालित हुन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन नै दिएका थिए । गठबन्धन दलहरुको वर्तमान सरकार सञ्चालनका विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment