इलामको देउमाईमा कोभिडको जोखिम बढेपछि परिक्षण तिव्र


मंगलबारे । कोभिडको संक्रमण बढ्दै गएपछि इलामको पश्चिमी क्षेत्र देउमाई नगरपालिकाले परिक्षणको कार्यलाई तिव्रता दिएको छ । नगरले स्थानीय स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिएर परिक्षण कार्य गर्दै आएको स्वास्थ्य शाखा प्रमुख लेखनाथ तामाङले बताए । नगरले दोश्रो भेरिएन्ट सुरु भएपछि गत आर्थिक बर्षको अवधिमा ९ सय ८२ जना एन्टिजेन र ७४ जनाको पिसिआर परिक्षण गर्दा १ सय ११ जनामा संक्रमण पुष्टि भएको छ ।

साउन र भदौको हालसम्मको अवधिमा ५ सय ३४ जनाको परिक्षण गर्दा २ सय २३ जना संक्रमण देखिएको नगरपालिकाको तथ्यांकले देखाउँछ । ‘ संक्रमितहरुको घरघरमा गएर परामर्शका साथै स्वास्थ्य कार्यालयको प्याकेज कार्यक्रम अन्र्तगत स्वास्थ्यवद्र्धक सामाग्रीहरु प्रदान गरिरहेका छौ । नियमित रुपमा संक्रमितहरुको स्वास्थ्य अवस्थाको बारेमा समेत जानकारी लिँदै आएका छौ ।’ तामाङले भने

साउन देखि यता स्थानीय स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर शंका लागेकाहरुको परिक्षण गर्दैै आएको कारण संक्रमितहरुको संख्या उच्च देखिएको छ ।’ देउमाईले तत्काल उपचारको लागि सिलिन्डर र अक्सिजन कन्सन्ट्रेटर सहितको ५ बेडको आइसोलेसन समेत निर्माण गरेको छ । यदपी हालसम्म कसैलाई पनि आइसोलेसनमा राखिएको छैन् । कोभिडको प्रभाव उच्च देखिएपछि स्वास्थ्य संस्था आउने गरेकाले जोखिम देखिएकाहरुलाई रेफर गर्ने गरिएको छ ।

नगर बाहिर उपचारको लागि पठाउनुपर्ने बिरामीहरुको लागि एम्बुलेन्सको समेत व्यवस्था गरेको सुचना अधिकारी गोपाल बाँस्तोलाले जानकारी दिए । हालसम्म देउमाईमा कोभिडबाट ३ जनाको मृत्यु भएको स्वास्थ्य शाखाको तथ्यांक छ । मृत्यु भएका मध्ये १ जनाको परिवारले शव व्यवस्थापन गरेको छ । शव व्यवस्थापनको लागि आवश्यक पिपिई, सेनिटाइजर लगायत अन्य सामग्री नगरले उपलब्ध गराउँदै आएको छ ।

कोभिडको जोखिममा बृद्धि भएपछि अहिले गाउँगाउँमा सचेतनाका कार्यक्रमहरु भएका छन् । मानिस भिडभाड हुने स्थानमा उच्च सतर्कता अपनाउँदै जोखिमबाट बच्ने उपाय र संक्रमण लागेको अवस्था गर्नुपर्ने स्वास्थ्य सुरक्षाको बारेमा समेत जानकारी गराइदै आएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment