बिपीले दियो माईलाई अक्सिजन कन्सन्ट्रेटर


 इलाम, १ भाद्रः  बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानले माई नगर अस्पताललाई ३ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन प्रदान गरेको छ ।

माई नगर अस्पताललाई प्राप्त अक्सिजन कन्सन्ट्रेटर सोमबार माईका मेयर दिपक कुमार थेवेले अस्पताललाई हस्तान्तरण गर्नु भएको हो ।

हस्तान्तरण गरिएको कन्सन्ट्रेटर १० लिटर क्षमताका छन । मेयर थेबेले माई नगर अस्पतालमा छ बटा अक्सिजन कन्सन्ट्रेटर भएको जानकारी दिनु हुदै सबै नागरिकले सहज सेबा पाउने बाताबरण बनाउन आफु प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

माई नगर अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम मार्फत सेवा समेत शुरु गरिएको छ। मेडिकल अधिकृत डा। राम कृष्ण आचार्य सहितको टोलीले दैनिक ६० जना भन्दा बढीको स्वास्थ्य परिक्षण गरि रहेका छन । कोभिडको एन्टिजेन परिक्षण र पहिचान सहित इसिजी, ईको, भिडियो एक्सरे, स्वास्थ्य परीक्षण लगायतको दैनिक सेवा माई नगर अस्पतालबाट प्रदान गरिदै रहेको माई नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिनुभयो ।

यसैबीच चुलाचुली गाउँ पालिकालाई समेत बिपीले ३ थान अक्सिजन कन्सन्ट्रेटर आईतबार प्रदान गरेको चुलाचुली स्वास्थ्य शाखा प्रमुख दुष्यान्त दहालले जानकारी दिनुभयो । अस्पतालहरुमा अक्सिजन अभाव अन्त्य गर्न सहयोगीहरु मर्फत आपूर्ति गरिएको जनाईएको छ । बिपीले अक्सिजन आपूर्तिको लागि संघर्ष गरिरहेका व्यक्तिहरूको जीवनमा हाँसो ल्याउन कार्य गरिएकोे जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment