नेप्सेमा पहिरो : सेयर बजारमा ७० अंकको गिरावट

 

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक २ दशमलव २७ प्रतिशत घटेको छ । ३ हजार ४७ दशमलव २६ विन्दुदेखि खुला भएको मंगलवारको बजार कारोबार शुरु भएको अवधि देखि निरन्तर ओरालो लागेको हो ।

यस दिन ६९ दशमलव ०७ अंकले घटेर बजार २ हजार ९ सय ७५ दशमलव ८४ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनआइतवार ४९ दशमलव १८ अंक घटेर ३ हजार ४४ दशमलव ८६ विन्दुमा पुगेको बजार मंगलवार पुनः ओरालो लागेको हो ।

मंगरबार सेन्सेटिभ इन्डेक्स १३ दशमलव ३४ अंकले घटेर ५ सय ५० दशमलव ५२ विन्दुमा झरेको छ । नेप्से परिसूचक र सेन्सेटिभ इन्डेक्ससँगै यो दिन कारोबारमा आएका १३ ओटा समूहकै परिसूचक घटेको छ ।

विकास बैंक समूहको परिसूचक यस दिन सर्वाधिक ३ दशमलव ४८ प्रतिशत घटेको छ भने म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक कम ० दशमलव ७७ प्रतिशत घटेको छ । त्यस्तै, जलविद्युत्, वित्त र अन्य समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ ।

मंगरबार १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार बराबरको २ करोड ३१ लाख ९ हजार ७ सय १३ कित्ता शेयर कारोबार भएको छ । कुल कारोबार रकममा सर्वाधिक हिस्सा १ अर्ब १ करोड ५ लाख ७३ हजार बराबरको शेयर कारोबार अरुणभ्याली हाइड्रोपावरले ओगटेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment