एमसीसी सम्झौता चाँडो अनुमोदन गरौँ : डा. बाबुराम भट्टराई


काठमाडौं । देशभर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) विरोध भइरहँदा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमसीसी सम्झौता अनुमोदन चाँडो गर्नुपर्ने बताएका छन् ।

एमसीसी पारित गर्नु पक्षमा रहेका उनले सोमबार गृहजिल्ला गोरखामा पत्रकारसँग कुरा गर्दै एमसीसी देशको हितमा रहेको राष्ट्रिय सहमति गरेर छिटो अनुमोदन गर्नुपर्ने बताए ।

उनले भने, ‘राजनीतिक दलहरुले छिटो भन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ । जसपाले एक्लै निर्णय गर्न ससक्दैन यसमा सबैको साथ चाहिन्छ । त्यसैले राष्ट्रिय सहमतिबाटै टुंगो लाग्न जरुरी छ ।’

अहिले एमसीसीको विषय जनस्तर बाँडिएको र चाँडै एमसीसीको टुंगो लगाउनुपर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment