इलाममा काँग्रेसको चुनावी माहोल, ४ जिल्ला सभापति ३० पालिका सभापति चुनवी मैदानमा


इलाम २९ भाद्रः नेपाली काँग्रेसको १४ औँ माहाअधिवेसन देशभरी लागेको छ । केही जिल्लामा वाडा र नगर अधिवेशन समेत सकिएको अवस्थामा देशका २० जिल्लाको क्रियाशिल सदस्य विवाद अहिले सम्म सामाधान हुन सकेको छैन । इलाममा पनि अहिले वडा अधिवेशन सकिएर नगरपालिका र गाउँपालिकाको अधिवेशनमा जुटेका छन् । पालिकाको अधिवेशन पछि क्षेत्र र जिल्ला अधिवेशन हुने छ । 
क्षेत्र नम्बर २ (क) को क्षेत्रीय सभापतिमा गोपाल चौहान, राजेन्द्र वास्तोला र श्याम क्षेष्ठले उम्मेद्वारी घोषणा गरेर माहोल आफ्नो पक्षमा पर्न दौडधुपमा लागिरेहका छन् । क्षेत्र नम्बर २ (ख) को क्षेत्रीय सभापतिमा खगेन्द्र योङहाङ (राजु), पम्फा पुलामी, राजन खनाल, पदम मेवा, सुवास आङथोपो, लक्षमण राई उपेन्द्र पौडेल र  कमल वहादुर कार्कीले उम्मेद्वारी घोषणा गरेका छन् । 
जिल्ला सभापतिको लागि ४ जना चुनावी मैदानमा 
इलाममा जिल्ला सभापतिको लागि अहिले ४ जनाले उम्मेद्वारी घोषणा गरेर आफ्नो पक्षमा माहोल सृजना गर्न लागि परेका छन् । सभापतिको दौडमा वर्तमान सभापति हिमालय कर्मचार्य, इलामका वैधिक नेता भनेर चिनिने भेषराज आचार्य, विकासे नेता भनेर चिनिने केशव थापा र समाजसेवी युवा नेता भनेर चिनिने डम्बर खड्का रहेका छन् । 
पालिका सभापतिको लागि ३० जना उम्मेद्वार चुनावी मैदानमा
आउँदो असोज ९ गते पालिका अधिवधेशनका लागि १० पालिका रहेको इलाममा ९ वटा पालिकामा कांग्रेसको सभापतिका लागि निर्वाचनको दौडमा उत्रिएका हुन् । १० पालिकामध्ये चुलाचुली गाउँपालिकामा भने  सभापतिमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना रहेको इलाम कांग्रेस स्रोतले जनाएको छ । चुलाचुलीको एक जनामा सर्वसहमत भए अन्य पालिकमा ३० जना उम्मेदवार चुनावी मैदानमा उत्रिने लगभग निष्चित भएको छ । 
चुलाचुली गाउँपालिकामा राजेन्द्र केरुङ गाउँपालिका सभापतिमा सर्वसम्मत चयन हुने सम्भावना रहेको छ ।  बाँकी ९ वटा पालिकामा सभापति सहित अन्य पदमा चुनाव हुने निश्चित छ । 
इलाममा  इलाम नगरपालिकामा सभापतिमा ५ जनाले उम्मेदारी घोषणा गरेका छन् । सूर्योदय नगरपालिकामा र  रोङ गाउँपालिका ४–४ जना, देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा ३–३ जना, माङसेबुङ गाउँपालिका र माई नगरपालिकामा २–२ जनाले सभापतिमा उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा रहेकाछन् ।
कांग्रेस जिल्ला स्रोतका अनुसार इलाम नगर सभापतिमा निर्मल राउत, सोमनाथ सुसेली, तीर्थराज गुरुङ, लीलाप्रसाद थापा र  अमृतलाल श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् । 
सूर्योदय नगर सभापतिमा मणि गुरुङ, सोनाम छिरिङ काजी, सुरेन्द्र पौडेल र जीवनकुमार नेपालले उम्मेद्वारी घोषणा गरेका छन् । 
रोङ गाउँपालिकामा देवीप्रसाद अर्याल, हरि बुढाथोकी र मणिकुमार तामाङ  पालिका सभापतिको उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका हुन् ।
देउमाई नगर सभापतिमा दिलीप कार्की, कृष्ण बराल, भवानी साङपाङ राई सभापतिको दौडमा छन् ।
सन्दकपुर गाउँपालिकामा तुला गुरुङ, नेत्र रिजाल र धनबहादुर खाम्दाक चुनावी मैदनमा आएका छन् ।
माईजोगमाई गाउँपालिकामा नरेन्द्र देवान, भोला भण्डारी र वेद चापागाई पालिका सभापतिको उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा छन् ।
यस्तै फाकफोकथुम गाउँपालिकामा टेकवीर नेम्वाङ, रामकुमार श्रेष्ठ र डिगबहादुर थापाले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । 
माई नगर सभापतिमा पुष्प गिरी र  हेमबहादुर लिम्बु चुनावी मैदानमा आएका छन् । 
माङसेबुङ गाउँपालिका सभापतिमा चन्द्र साँवा र अमरकुमार राईले उम्मेद्वारी घोषणा गरेका छन् ।
दुई क्षेत्रमा ६ क्षेत्रिय सभापतिको भिडन्त 
दुईवटा प्रतिनिधिसाभा निर्वाचन क्षेत्र रहेको इलामको क्षेत्रीय सभापतिका लागि ६ जनाले उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा सक्रिय बनेका छन् । जसमा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा शमशेर राई, दुर्गा बराल, र भिष्म प्रधान चुनावी मैदानमा रहेका छन् । क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र इदिङ्गो, नूतनदेव दुलाल र मनबहादुर बुढाथोकीले उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा उत्रिएका छन् ।
४ प्रदेशसभा क्षेत्रको लागि १६ जना क्षेत्रिय सभापति
चारवाटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको इलाममा क्षेत्रिय सभापतिको लागि जना उम्मेद्वार चुनावी मैदनमा उत्रिएका छन् । जसमा क्षेत्र नम्बर १ (क) को क्षेत्रीय सभापतिमा रमेश चन्द्र सुवेदी र मिलन क्षेत्रीले उम्मेद्वारी घोषणा गरेका छन् ।  क्षेत्र नम्बर १ (ख) को क्षेत्रीय सभापतिमा निष्कल राई, मोहन वहादुर वस्नेत र श्याम कार्कीको चर्चा रहेको छ । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment