फेरी वढ्यो इलाममा कोरोना संक्रमण दर एकै दिन ६० जना नयाँ संक्रमित


इलाम, २९ भाद्रः देशभरी कोरोना संक्रमण दर घटिरहेको वेला इलाममा भने संक्रमणदर फेरी वढेको छ । इलाममा आज एकै दिन ६० जना कोरोना संक्रमित थपिएका छन् । इलाममा आज थपिएका ६० जना संगै संक्रमितको संख्या ५४३६ पुगेको छ । 

आज संक्रमित हुनेहरुमा सन्दकपुर गाउँपालिकामा १२ महिला र १३ पुरुष, सूर्योदय नगरपालिकामा ६ महिला र ६ पुरुष, माई नगरपालिकामा ६ महिला र ६ पुरुष र रोङ गाउँपालिकमा ९ महिला र १ पुरुष रहेका छन् । 

इलाममा कोरोना संक्रमणको कारण १२४ जनाको मृत्यु भएको छ । इलाममा अहिले २८८ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment