भेनेजुएलामाथि आर्जेन्टिनाको सानदार जित, मार्टिनेज चम्किए

एजेन्सी । फिफा विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

अर्जेन्टिनलाई सादर जित दिलाउनको लागि लोउटारो मार्टिनेजले चम्किए । उनले एक गोल र गोलका लागि एक असिस्ट गरे । त्यस्तै अर्जेन्टिनाको लागि जोआक्विन कोरेआ र एन्जल कोरेआले समान एक गोल गरे ।

घरेलु टोली भनेजुएलाको लागि यफेर्सन सोटेल्डोले एक गोल फर्काए । अर्जेन्टिनाले एक गोल पहिलो हाफमा गरेको थियो भने दुई गोल दोस्रो हाफमा थपेको थियो ।

पहिलो हाफको इन्जुरी समयमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले जियोभानी लो सेल्सोको पासमा गोल गरेका थिए ।

७१औं मिनेटमा सब्सिच्युट जोआक्विन कोरेआले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । ७४ औं मिनेटमा एन्जल कोरेआले गोल गर्दै अर्जेन्टिनालाई ३–० ले अघि बढाए ।

९०औं मिनेटमा यफेर्सन सोटेल्डोले पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल आर्जेन्टिनाले जित्यो ।

दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाको यो चौथो जित हो । ७ खेलबाट १५ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थामा छ । पराजित भेनेजुएला ४ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment