इलाम नगर कांग्रेस नेतृत्व गर्न ५ आकांक्षी


इलाम । नेपाली कांग्रेस इलाम नगरपालिकामा सभापतिको होड रोचक बनेको छ । इलामको नेतृत्वका लागि ५ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । अधिवेशनको मिति नजिकिदै जाँदा इलामको नेतृत्वमा अमृललाल श्रेष्ठ, तीर्थराज गुरुङ, लिला थापा, निर्मल राउत र पत्रकार सोम सुसेलीको नाम चर्चामा आएको हो ।

जिल्ला सभापतिका आकांक्षीहरुले आ–आफ्ना उम्मेदवार सार्वजनिक गर्दा पत्रकार सोम सुसेलीले स्वतन्त्र रुपमा अघि बढेका छन् । वर्तमान जिल्ला सभापति हिमालय कमचार्यको प्यानलबाट इलाम नगरपालिका–३ का वडाध्यक्ष समेत रहेका तीथराज गुरुङ उम्मेदवार बनेका छन् । केशव थापाको टिमबाट लिला थापा, महासमिति सदस्य भेषराज आचार्यको टिमबाट निर्मल राउत र डम्बर खड्काको टिमबाट अमृतलाल श्रेष्ठ उम्मेदवारको रुपमा रहेका छन् ।

नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समितिको निर्वतमान उपाध्यक्ष सोम सुसेली कुनै पनि प्यानलमा नरही स्वतन्त्र रुपमा कांग्रेस नेतृत्वको लागि अघि सरेका छन् । दुई उपसभापति हुने नगरमा अहिलेसम्म सीता दाहाल र सुशीला सापकोटाको उम्मेदवारी मात्रै सार्वजनिक भएको छ ।

यस्तै, सचिवमा भरत चौहान, वीरेन्द्र कार्की, निराजन भट्टराई र कृष्ण बस्नेत भिड्ने भएका छन् । जिल्ला सभापतिको आकांक्षी डम्बर खड्का र केशव थापा कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा निकट मानिन्छन् भने हिमालय कर्मचार्य र भेषराज आचार्य रामचन्द्र पौडेल निकट मानिन्छन् ।

लाेकल सन्देशबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment