सूर्योदय नगरपालिकाका सवै सवारीसाधनमा जिपिएस ट्रयाकिङ सिस्टम


फिक्कल । इलामको सूर्योदय नगरपालिकाले सवारीसाधनमा जिपिएस जडान गरेको छ । नगरपालिका मातहत रहेको ४० भन्दा बढि सवारीसाधन ट्रयाकिङ सिस्टम जडान गरिएको हो । नगर प्रमुख रणबहादुर राईले आफु चढ्ने सवारीमा सिस्टम जडान गरेर शुभारम्भ गरे ।

जिपिएस जडानपछि सूर्योदय नगरपालिकामा सवारीसाधनहरु दुरुपयोग हुने क्रम घट्ने नगर प्रमुख राईले बताए । उनले समयमा नै नगरपालिकाका सवारीसाधनहरुको अवस्था थाहा हुने भएकाले मर्मत सम्भारमा खर्च कम हुँदा वित्तिय व्यवस्थापनमा सहज हुन अपेक्षा रहेको छ ।

‘ कर्मचारी र जनप्रतिनिधिहरु साइटको नाममा घुम्ने जाने क्रममा केही कम हुने अपेक्षा राखिएको छ ।’ नगर प्रमुख राईले भने ‘ कहिले काँही कर्मचारीहरु समस्यामा परेको भए कुन ठाउँमा भन्ने जानकारी रहने हुँदा उद्धार गर्न समेत सहज हुनेछ ।’

जनप्रतिनिधि र कर्मचारीहरुले प्रयोग गर्ने मोटसाइकल, नगर प्रमुख/उपप्रमुखको सवारीसाधन र अन्य नगरको मातहतमा सबै खाले सवारीसाधन जिपिएस जोडिएको छ । प्रमुख प्रशासकिय अधिकृतले कार्यालयमा नै बसेर सवारीसाधनको निगरानी गर्न सक्ने नगर प्रमुख राईले बताए ।

लाेकल सन्देशबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment