५९ औँ नेपाल रेडक्रस दिवश इलाममा पनि मनाइयो


इलाम, १९ भाद्रः  ५९ औँ नेपाल रेडक्रस दिवस शनिबार एक कार्यक्रम बीच सम्पन्न भएको छ । निरन्तरता भन्ने नारा सहित यो वर्ष नेपाल रेडक्रस  दिवस मनाईएको हो । 

यस अवसरमा इलाममा नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्य समिति इलामले नेरेसो इलाम शाखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । युनियनले कोभिड नियन्त्रण तथा रोकथामका लागि आवश्यक २२ हजार बराबरको स्वास्थ्य  सामग्री उपलव्ध  गराएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्का मार्फत युनियनका जिल्ला अध्यक्ष ईश्वर सुवेदीले सामग्री हस्तान्तरण गर्नुभयो । यस्तै नेरेसो ईलाम शाखाले नेरेसो एकता उपशाखालाई एक थान स्टेचर सहित स्वास्थ्य सामग्री उपलव्ध गराएको छ । 

यस्तै जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरी गुल्मलाई दुई दुई थान स्टेचर प्र जि अ खड्काले हस्तान्तरण गर्नुभयो । कार्यक्रममा नेरेसो शाखा उपसभापति रतन चौधरीले निशुल्क रक्त सञ्चार सेवा सञ्चालनका लागि एक लाख रुपैया हस्तान्तरण गर्नुभयो । कार्यक्रममा सदस्य गोमा बराल ले २५ हजार र विद्या आधारभुत विद्यालयका शिक्षिका अम्विका बस्नेतले दस हजार नेरेसो ईलाममा भवन निर्माणका लागि सहयोग हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रजिअ खड्काले नेपाल रेडक्रसले मानवीय सेवामा गरेको अनवरत कार्यको प्रशंसा गर्नुभयो । 

नेरेसो ईलाम सभापति शिव प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा युनियन अध्यक्ष सुवेदीी , नेरेसो उपाध्यक्ष चौधरी ,  निजामति कर्मचारीको आधिकारीक  ट्रेड युनियनका जिल्ला उपाध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ समेतका वक्ताले मन्तव्य राख्नुभयो । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment