पूर्वी इलामका ११ वडाबासीका लागि वृहत खानेपानी आयोजना संचालन हुँदै


भाद्र १७ इलाम । पूर्वी इलामका तीन स्थानीय तहका ११ वडाबासीको घरमा सुद्ध खानेपानी पु¥याउन वृहत खानेपानी आयोजना संचालन हुने भएको छ । सूर्योदय नगरपालिका, इलाम नगरपालिका र रोङ गाउँपालिका भित्र बसोबास गर्ने बासिन्दाका लागि कन्याम पञ्चकन्या खानेपानी अयोजना संचालन हुन लागेको हो ।

सूर्योदय नगरपालिका ३, ६, ७, ८, १० देखि १४ वडासम्म, इलाम नगरपालिका १० र रोङ गाउँपालिका ३ वडाबासीको घरमा सुद्ध खानेपानी आयोजनाले पु¥याउनेछ । माईजोगमाई २ स्थित जोगमाई खोला मुहान क्षेत्र रहेको आयोजनाबाट २ हजार ४ सय ७० घरधुरी जनसंख्या लाभान्वित हुनेछन् ।

तीन वर्षमा निर्माण सम्पन्न हुने कन्याम पञ्चकन्या खानेपानी आयोजनाको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्का संझौता गरिसकेको छ । आयोजनाको मृत संजिवनी÷एच एम कष्ट्रक्सन जेभिले ३५ करोड ३४ लाखमा ठेक्का संझौता गरि साइडमा काम गर्न दुईपक्षिय सर्भे शुरु भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख सुरतलाल चौधरीले बताए ।

आयोजनाको मुख्य पाइपलाइन ६२ किलोमिटर र वितरण पाइपलाइन एक सय किलोमिटर हुनेछ । मुहान क्षेत्रमा पानि थिग्रयाउने ट्याङ्की रहने आयोजनाको सूर्योदय ३ स्थित बौद्धधाममा पानी प्रशोधन केन्द्र रहनेछ ।

६१ करोड लागत स्टामेट रहेको आयोजनामा उपभोक्ताको नगद एक प्रतिशत र ९ प्रतिशत श्रमदान गर्नुपर्ने इञ्जिनियर रुपक पराजुलीले बताए । आयोजनाबाट पूर्वको प्रमुख पर्यटकीय गन्तव्य कन्याम क्षेत्रमा पनि खानेपानी जडान हुनेछ । खानेपानी आयोजनाबाट उपभोक्तालाई पानी वितरणका लागि विभिन्न क्षेत्रमा पानी ट्याङ्कि निर्माण हुनेछन् ।

खानेपानी आयोजनाको २०७८ असार ६ मा निर्माणको ठेक्का संझौता भएको छ । आयोजनाबाट खानेपानी उपभोक्ता समितिको कार्यालय भवन र सुरक्षा घरपनि निर्माण हुनेछ । खानेपानी आयोजना निर्माण भएपछि उपभोक्ता समितिले संचालनको जिम्मा पाउनेछ ।

लाेकल सन्देशबाट साभार

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment