बागमती नदीमा शव भेटियो

काठमाडौं । काठमाडौंको बागमती नदीमा एक युवकको शव भेटिएको छ । मिनभवन र कोटेश्वरको नजिक बागमती नदीको बीचमा आज (शुक्रबार) बिहान शव भेटिएको हो ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायव उपरीक्षक मिन लामाका अनुसार काभ्रे सारदाबतासे–४ का ३८ वर्षीय विक्रम तामाङ मृत अवस्थामा भेटिएका हुन् ।

मृतक तामाङको बाहिरी शरीरमा चोटपटक केही नदेखिएको र छाती भने फुलेको डिएसपी लामाले जाकारी दिनुभयो ।

तामाङको साथमा भेटिएको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान भएको डिएसपी लामाले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको लामाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment