इलामा थप १६ जनामा कोरोना संक्रमण, थप १ संक्रमितको मृत्यु


इलाम, १६ भाद्रः इलाममा दोस्रो चरणको कारोनाको लहर वढेसँगै संक्रमितको ग्राफ पनि वढेको छ । इलाममा संक्रमण मात्र हैन मृत्यु दर पनि वढेर गएको छ ।

इलामा आज थप ३२ जनामा संक्रमण भएको छ । यो संगै इलाममा संक्रमितको संख्या ५१५१ पुगेको छ ।

 आज संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा ३ महिला र ५ पुरुष, सूर्योदय नगरपालिकामा १ महिला र २ पुरुष, रोङ गाउँपालिकामा ३ पुरुष, माई नगरपालिकामा १ पुरुष, चुलाचुली गाउँपालिकामा १ महिला रहेका छन् । 

इलामा आज कोरोना संक्रमणको कारण थप १ को मृत्यु भएको छ । आज मृत्यु हुनेमा इलाम नगरपालिका ६ का २७ वर्षिय पुरुष रहेका छन् । अहिले सम्म इलामा ११८ जनाको मृत्यु भई सकेको छ ।

अहिले इलाममा ४६९ जना सक्रिय संक्रमित रहेका छन् ।




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment