मुलुकभर थप २०५२ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५२ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९३५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ६ सय १२ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ६४८ जना र ४ हजार ३ सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३० जना संक्रमितहरु कोरोनामुक्त भएका छन्, भने थप २० जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment