इलाममा थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५२६० पुग्यो


इलाम, २१ भाद्रः इलाममा कोरोना संक्रमणको दोस्रो लहर अझै नियन्त्रण भएको छैन । दोस्रो लहरको संक्रमणमा मृत्यु हुनेको संख्या पनि वढेको छ । 


इलामा आज थप २४ जनामा कोरोना संक्रमण भएको छ । २४ जना थपिए सँगै इलामा संक्रमितको संख्या ५२६० पुगेको छ । 

इलामा आज थपिने संक्रमितहरुमा माई नगरपालिकामा ३ महिला र ६ पुरुष, इलाम नगरपालिकामा ५ महिला र १ पुरुष,  रोङ गाउँपालिकामा ३ महिला र १ पुरुष, सूर्योदय नगरपालिकामा २ महिला र १ पुरुष, माङसेवुङ गाउँपालिकामा १ पुरुष, फाकफोकथुम गाउँपालिकामा १ महिला  रहेका छन् ।

इलामा अहिले सम्म कोरोना संक्रमणको कारण १२१ जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा ३७८ जना सक्रिय संक्रमित रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment