इलाममा थप १२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५३४३ पुग्यो


इलाम, २५ भाद्रः इलाममा कोरोना संक्रमणको दोस्रो लहर अझै नियन्त्रण भएको छैन । दोस्रो लहरको संक्रमणमा मृत्यु हुनेको संख्या पनि वढेको छ । 

इलामा आज थप १२ जनामा कोरोना संक्रमण भएको छ । आज १२ जना थपिए सँगै इलामा संक्रमितको संख्या ५३४३ पुगेको छ । 

इलामा आज थपिने संक्रमितहरुमा सूर्योदय नगरपालिकामा १ महिला र २ पुरुष, इलाम नगरपालिकामा १ महिला र २ पुरुष, देउमाई नगरपालिकामा ३ पुरुष,  सन्दकपुर गाउँपालिकामा  १ पुरुष, फाकफोकथुम गाउँपालिका १ पुरुष र चुलाचुली गाउँपालिकामा १ महिला रहेका छन् ।

इलामा अहिले सम्म कोरोना संक्रमणको कारण १२२ जनाको मृत्यु भई सकेको छ । अहिले इलाममा ३२२ जना सक्रिय संक्रमित रहेका छन् । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment