चालु खर्चतर्फ बैठक र भ्रमण भत्ताको बजेट कटौती

काठमाडौं । सरकारले चालु खर्चतर्फ बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरेको छ ।

शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सो जानकरी दिएका हुन् ।

सरकारले यसरी कटौती गरेर भएको बचत ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको जनाइएको छ ।

सरकारले ‘चालु खर्चतर्फ बैठक भत्ता, इन्धन, कर्मचारी तालिम, सिप विकास तथा जनचेतना तालिम, अनुगमन मुल्यांकन भ्रमण खर्च, विविध कार्यक्रम शीर्षकमा न्यूनमत १० प्रतिशत बजेट कटौती गरेको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment