अब, क्यान्सर, मृगौला, मेरुदण्डजस्ता गम्भीर बिरामीलाई मासिक ५ हजार भत्ता


काठमाडौं । सरकारले क्यान्सर, मृगौला, मेरुदण्डका गम्भीर बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरिएको छ । शुक्रबार संसदमा प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा यी गम्भीर प्रकारका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

२०७४ को निर्वाचनमा तत्कालीन शेरबहादुर देउवा सरकारले क्यान्सर, मृगौला, मेरुदण्डलगायत गम्भीर बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो । तर, निर्वाचनपछि आगमन भएको ओली सरकारले उक्त योजनालार्य खारेज गरेको थियो ।

उक्त निर्णय खोरज भएपछि बिरामीले रोगको प्रमाणपत्र पाएपनि भत्ता पाएका थिएनन् ।

अहिले अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहेका छन् । तर, एमाले सांसदहरुले भने संसदमा नाराबाजी गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment