भट्टराईद्वारा माईबेनी अपाङ्गता स्वाबलम्बन समूह माईजोगमाईलाई सेनेटरी प्याड सहयोग


इलाम, ४ असोजः  माईजोगमाई गाउँपालिका वडा न ४ मा अपाङ्गता भएका महिलाहरुलाई सेनेटरी प्याड बितरण गरिएको छ । माईबेनी अपाङ्गता स्वाबलम्बन समूहका अध्यक्ष रोमिल भट्टराईको अध्यक्षतामा वडाका दश जना  अपाङ्गता भएका महिलाहरूलाई  परिवारका सदस्य मार्फत प्याड बितरण गरिएको हो।

माइजोगमाई गाउँपालिका निवासी सुरेश भट्टराईले सेनटरी प्याड दिएर सहयोग गरेका हुन । 

माईजोगमाई गाउँ  पालिका उपाध्यक्ष साबित्रा भट्टराईले गत साल एक कार्यक्रममा अहिले नै बितरण हुन्छ भनी अपाङ्गता भएका महिलाहरुलाई सेनेटरी प्याड दिने आश्वासन दिएको  तर अहिले सम्म अपाङ्गता महिलाहरुले नपाएको गुनासो स्वबलम्बन समुहका अध्यक्ष रामिल भट्टराईले बताउनु भयो । 

उक्त कार्यक्रममा करुणा फाउण्डेसन  माईजोगमाई ३ र ४ का सहज कर्ता सरोज पौडेलले सेनेटरी प्याडको प्रयोग र महत्व बारे जानकारी गराउदै  अपाङ्गता भएका महिलाहरु शारीरिक अशक्त हुने भएकाले  सेनेटरी प्याड अनिवार्य रहेको बताउनु भयो साथै सम्पुर्ण अपाङ्गता भएका महिलाहरुले वडा र गाउँ पालिकाले दिनु पर्ने माग समेत राखेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment