ओलीले इश्वरलाई नै बनाउने भए वरिष्ठ उपाध्यक्ष, नेम्वाङ भए ब्याक


 काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरललाई नै बनाउने निर्णय गरेका छन् ।

ओलीले शनिबार राति बनाएको पदाधिकारीहरुको सूचीमा वरिष्ठ उपाध्यक्षको ठाउँमा इश्वर पोखरेल भनिएको छ ।

चितवनमा जारी एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा शनिबारको बन्दसत्रले अध्यक्ष ओलीलाई नै पदाधिकारी छनौंट गर्ने सर्वाधिकार प्रदान गरेको थियो । सोही अनुसार ओलीले अध्यक्षपछिको महत्वपूर्ण पद मानिएको वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेललाई राखेका छन् ।

वर्तमान महासचिवसमेत रहेका पोखरलको प्रतिद्वन्द्विको रुपमा स्थायी कमिटी सदस्य तथा पूर्वसभमुख सुवास नेम्वाङले पनि उम्मेदवारी दिने चर्चा थियो । तर ओलीले सर्वसम्मत पदाधिकारी चयन गर्ने भन्दै नेम्वाङलाई व्याक गराएका हुन् ।

वरिष्ठ उपाध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने अडान राखेपछि ओलीले सूची निकाल्नुअघि ओलीले नेम्वाङसँग व्यक्तिगत भेटसमेत गरेको चर्चा थियो । भेटेमा ओलीले नेम्वाङलाई निर्वाचनपछि उपराष्ट्रपति या राष्ट्रपति बनाइदिने भन्दै आश्वासन दिएको बताइएको थियो । त्यसक्रममा नेम्वाङले ओलीलाई जनमतको जिम्मा कस्ले लिने भन्दै प्रतिप्रश्न गरेको बताइएको थियो । तथापि अन्त्यमा नेम्वाङलाई ओलीले वरिष्ठ उपाध्यक्षको होडबाट बाहिर ल्याएका छन् ।

उनले पदाधिकारीको सूचीमा नेम्वाङलाई उपाध्यक्षमा मात्रै सिमित गरेका छन् । सबैमा सहमति भए आफूमात्रै पार्टीका लागि बाँधक नबन्ने भन्दै नेम्वाङ उपाध्यक्षमा तयार भएको बुझिएको छ । ओलीले निकालेको पदाधिकारी सुचीमा धेरैको विमत्ति रहेपनि बाहिर बोल्न नसकेकोे नेताहरुको भनाइ छ ।

उता अध्यक्षका प्रत्यासी भीम रावल जसरी पनि अध्यक्षमा उम्मेदवारी दिने पक्षमा छन् । उनीबाहेक अन्य पदहरुमा सर्वसम्मत गर्ने भनिएतापनि ओली खेमाकै कतिपय नेताहरु भने प्रतिस्पर्धाका लागि निर्वाचन हुनैपर्ने पक्षमा रहेका छन् । जसका कारण ओली पक्षकै नेताहरु मत विभाजित हुने अवस्थामा छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment