जाजरकोटमा बस दुर्घटना हुँदा ५ को मृत्यु, २७ घाइते


बाँके । जाजारकोटमा बस दुर्घटना हुँदा ५ को मृत्यु भएको छ । बाँकेको नेपालगञ्जबाट जाजरकोटका लागि छुटेकाे ना ६ ख २७५७ नम्बरको बस आइतबार बिहान २ बजे दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यलय जाजरकोटका अनुसार जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा बस दुर्घटनामा परेको हो ।

बस सदरमुकाम पुग्न करिब १० किलोमिटर बाँकी रहँदा परकाे सडकमा दुर्घटनामा परेको हो । मृत्यु हुने यात्रुहरुको पहिचान हुन भने सकेको छैन।

बसमा जम्मा ३२ यात्रु रहेको खुलेको छ । दुर्घटनामा परेर २७ जना घाइते भएका प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment